काठमाडौ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि सामाजिक सञ्जालमा नेता तथा आम मानिसका विभिन्न आक्रोश तर्क वितर्कहरु छताछुल्ल भएका छन् ।
यसैबीच सहकारी प्रकरणमा परेर सामाजिक सञ्जालमा मौनता साँधेका रवि लामिछानेले एउटा भिडियो पोष्ट गरेका छन् । जसमा उनी चुपचाप हेरिरहन्छन्, हेर्दाहेर्दै बत्ती झ्याप्प निभ्छ, अँध्यारो हुन्छ, अनी उनी सलाई कोरेर मैनबत्ती बाल्छन् ।
भिडियो सांकेतिक छ, तथापि यसलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । भिडियोको क्याप्सनमा उनले लेखेका छन् – “कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् !”
