• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सरकारका पूर्वमुख्य सचिव गौतमको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारका पूर्वमुख्य सचिव दामोदर प्रसाद गौतमको निधन भएको छ । कलेजोसम्बन्धी समस्याबाट पीडित ८६ वर्षीया गौतमको मङ्गलवार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

२०४७ देखि २०४९ सम्म पूर्व मुख्यसचिव रहेका उनी २०५५/०५७ सम्म संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत समेत भएका थिए ।

२०१८ सालमा शाखा अधिकृतको रूपमा सरकारी सेवामा प्रवेश गरेका गौतम घरेलुको निर्देशक, चिया विकास इलामको निर्देशक, पर्यटन र वाणिज्य मन्त्रालयको सचिव, अर्थ मन्त्रालयको अतिरिक्त सचिव हुँदै २०४७ साल देखि २०४९ सम्म मुख्यसचिव बनेका थिए ।

बाराको कलैयामा १९९४ मा जन्मिएका गौतम २०३१ देखि ललितपुर बस्दै आएका थिए । उनका २ छोरी र १ छोरा छन् ।

उनको मङ्गलवार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖