• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

गेस्ट हाउसमा युवती मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित ताज गेस्ट हाउसमा युवती मृत फेला परेकी छन् । भारत घर भएर दुई दिनदेखि सो गेस्ट हाउसमा बसेकी ३१ वर्षीया आरती मृत अवस्थामा भेटिएकी हुन् ।

गेस्ट हाउसको ९ नम्बर कोठामा बाल्टिनको सहयोग लिएर सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको सर्लाहीका एसपी रवीन्द्र सिंहले बताए ।

पछिल्लो केही समयदेखि आरती सर्लाहीमा देखा परेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖