• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कुलमान घिसिङको समर्थनमा प्रदर्शन गरेको आरोपमा एकजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शन गर्ने एकजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–७ घर भएर भक्तपुर बस्ने कमल लामा रहेका छन् ।

५३ वर्षीय लामा रत्नपार्क स्थित विद्युत्त प्राधिकरणको केन्द्रिय कार्यालय अगाडीबाट पक्राउ परेका हुन् । प्रहरीलाई अभद्र व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

लामालाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । लामामाथि प्रहरीलाई हातपात गरेको आरोप छ । काठमाडौंमा बुधबार दिनभर घिसिङको पक्षमा प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖