• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

५० वर्षको उमेरमा महिलाले जन्माइन् १४ औँ सन्तान


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको हापुडमा एक महिलाले ५० वर्षको उमेरमा १४ औँ सन्तानलाई जन्म दिएकी छन् ।

हापुडको पिलखुवा थाना क्षेत्र अन्तर्गत बजरंगपुरीमा बस्दै आएका इमामुद्दीनकी पत्नी गुडियाले बिहीबार १४ औँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन् ।

प्रसव वेदनापछि उनलाई स्थानीय सरकारी अस्पताल लगिएको थियो । उनको अवस्था गम्भीर रहेको भन्दै त्यहाँबाट जिल्लास्थित सरकारी अस्पतालमा पठाइएको थियो ।

एम्बुलेन्सबाट अस्पताल लैजाँदै गर्दा उनले छोरीलाई जन्म दिएकी हुन् । शुक्रबार अस्पतालबाट उनलाई घर पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

गुडियाको पहिलो सन्तान २२ वर्षका छन् । उनका १४ सन्तानमध्ये तीन वटाको मृत्यु भइसकेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖