• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पतिको ह्वाट्सएप ह्याक गरेर पक्राउ गराइन् महिलाले


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको नागपुरमा एक महिलाले पतिको ह्वाट्सएप ह्याक गर्नुका साथै पतिलाई गिरफ्तार गराएकी छन् ।

पान पसल सञ्चालन गर्दै आएका ती व्यक्तिले पत्नीसँग अप्राकृतिक यौन सम्बन्धका लागि दबाब दिँदै आएका थिए । पतिले अरु महिलालाई पनि दुःख दिएको, अवैध सम्बन्ध राखेको हल्लाका बिच पीडित महिलाले निगरानी बढाउन थालिन् । यस क्रममा ती महिलाले पतिको ह्वाट्सएप ह्याक गरिन् ।

पतिको ह्वाट्सएपमा कयौँ आपत्तिजनक भिडियो, फोटो तथा संवाद फेला पारेपछि उनले प्रहरीलाई जानकारी गराएको बताइन्छ ।

पतिले कयौँ महिला तथा किशोरीलाई आफू अविवाहित रहेको भन्दै कुराकानी गरेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसै क्रममा पत्नीले आफ्नै पतिबाट बलात्कृत एक युवतीलाई उजुरीका लागि समेत सहयोग गरेको बताइएको छ । सोही उजुरीका आधारमा प्रहरीले आरोपित पुरुषलाई पक्राउ गरेको छ ।

उनीविरुद्ध पत्नीलेसमेत अप्राकृतिक यौन सम्बन्ध बनाउन दबाब दिएकोबारे उजुरी दर्ता गराएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖