• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ट्रकमा भेटिएको २५ करोडको मालिकबारे नयाँ खुलासा: को हुन् नारायण पौडेल?


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा फेला परेको २५ करोड बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ घर भई टोखा–१० बस्ने नारायण पौडेल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गत चैत ४ गते राति ना७ख १६५२ नम्बरको ट्रकमा लुकाइएको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो। चालक सिट पछाडि फल्स बटममा रकम लुकाएको अवस्थामा उनलाई समातिएको हो। प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट उक्त रकम पौडेलको भएको पुष्टि भएको एक अधिकृतले बताए।

पौडेललाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी भएको छ। चालक लामाको बैंक खाता र सीडीआर विश्लेषण गर्दा अस्वभाविक कारोबार र पौडेलसँग अन्तिम सम्पर्क भएको देखिएको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले पौडेललाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको छ।

प्रहरीले सीसीटीभी फुटेज, डिजिटल डिभाइस, पौडेलको घर, कारोबार स्थल र गोदाममा खानतलासी गर्दा विभिन्न दशी फेला पारेको छ। ट्रक ग्यारेज, पार्किङ र गोदाममा गएको पाइएपछि ती ठाउँमा पनि खानतलासी भएको छ। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖