• Monday 5th of October 2026

रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । रेबिज एक प्राणघातक रोग हो । यो रोग ९५ प्रतिशत रोगी कुकुरको टोकाइबाट हुन्छ ।

रोगको लक्षण देखिएपछि खोपले पनि काम गर्दैन र शतप्रतिशत मृत्यु हुन्छ । तर समयमा खोप लगाएमा बच्न सकिने चिकित्सक बताउँछन् । सकेसम्म कुकुरको टोकाइबाट जोगिनु नै यो रोगबाट जोगिनु उपाय रहेको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् ।

रेबिज कसरी सर्छ ?
रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गरेको उनी बताउँछन् । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

रेबिज लागेको कुकुरलाई कसरी चिन्ने ?

अत्यधिक र्‍याल काढ्ने,
जे पायो त्यही टोक्ने,
उत्तेजित हुने,
थकित भएर बस्ने,
आवाज परिवर्तन हुने,
पछाडिको भाग पक्षाघात हुँदै जाने ।
रोकथाम गर्न के गर्ने ?

कुकुर बिरालोलाई वार्षिक रूपमा खोप लगाउने,
जंगली जनावरहरूको नजिक नजाने, नजिस्क्याउने, नचलाउने,
घरमा पालिएका कुकुरहरुलाई छाडा नछोड्ने,
जंगली जनावरले टोकेमा खोप लगाउन तुरुन्तै लगाउन जाने, यो खोप सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖