• Monday 5th of October 2026

हेराफेरीः३ यो बर्ष नबन्ने, निर्देशकले भने, ‘कथा लेखन नै निकै चुनौतीपुर्ण भयो’


  • धनकुटा खबर
  • .

मुम्बई, २१ चैत । प्रतिष्ठित ‘हेराफेरी’को  फ्रेन्चाइजको तेस्रो किस्ता सबैभन्दा प्रतिक्षारत फिल्महरू मध्ये एक हो ।

 

र, निर्देशक प्रियदर्शनले हेराफेरीको तेस्रो फ्रेन्चाइजी निर्माण गर्ने कुरा हालै पुष्टि गरे पछि अचानक फिल्मी बजारमा निकै चर्चा परिचर्चा भयो ।

 

अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको पुनरागमनको प्रतीक रहेको ‘हेराफेरीः३’ यस वर्षको अन्त्यबाट सुरु हुने बताइएको समेत थियो । तर, फ्यानहरू यसको बारेमा उत्साहित हुँदा निर्देशक प्रियदर्शनले भने यस बहुप्रतिक्षित थ्रीक्वेलको सुरुवात समयको बारेमा निराशाजनक अपडेट गराएका छन् ।

निर्देशकको भर्खरैको एक अन्तर्वार्तामार्फत यो पुष्टि गरेको छ कि हेराफेरीः३ यस वर्षको अन्त्य अघि सुरु गरिने  सम्भावना रहेको छैन् । इटिभी भारतसँगको अन्तर्वार्तामा प्रियदर्शनले अर्को वर्षदेखि फिल्मको लेखन सुरु गर्ने योजना रहेको बताए पछि हेराफेरीका फ्यानहरूमा निराशा छाएको छ। निर्देशक हाल अक्षय कुमार ‘भूत बंगला’ को छायांकनमा छन्, जुन अर्को वर्ष अप्रिलमा रिलिज हुनेछ र हेराफेरीः३ फिल्म निर्माताको लागि फलोअप हुनेछ।

 

‘मेरो काम सुरु गर्ने योजना छ तर अर्को वर्ष कुनै बेला हेराफेरीः३ लेख्ने योजना छ। तेस्रो भाग बनाउन निकै चुनौतीपूर्ण छ किनभने धेरै अपेक्षाहरू छन्,’ निर्देशक प्रियदर्शनले भने।

 

खासमा २५ वर्षअघि सन् २००० मा आएको पहिलो हेराफेरी पछि धेरै कुरा परिवर्तन भइसकेकाले हेराफेरीः३ लेख्नु चुनौतीपूर्ण रहेको निर्देशकले स्वीकार गरेका छन् । “पात्रहरु पुरानो हुँदै गएका छन् र त्यसै अनुसार जनताले विश्वास गर्नुपर्छ, यो चुनौती महत्वपूर्ण कुरो हो, मैले यसलाई निकै चुनौतीका रुपमा लिएको छु ।यसले कसरी काम गर्छ हेरौं,’ उनले भने ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖