• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मोदी पनि पुगे बैंकक, भोली ओलीसँग साइडलाइन बार्ता हुने


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ चैत । बिमेस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्खरै थाइल्याण्ड पुगेका छन् ।

 

छैटौं बिमेस्टेक सम्मेलनका लागि उनी बैंकक पुगेका हुन् । विमानस्थलमा उनलाइ थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायात मन्त्री सुरिया जङ्रुङग्रेङकितले स्वागत गरेका थिए ।

 

२४ घन्टाका लागि बैंकक पुगेका मोदी भोली नै श्रीलंकातर्फ प्रस्थान गर्नेछन् । सो अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग साइड लाइन बार्ता हुने जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖