काठमाडौँ । काठमाडौँ महानरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको हाजिरी कापी नै मेयरको सचिवालयमा राखिएको छ । कर्मचारीहरूले जबरजस्ती कार्यकक्षमा प्रवेश गराए पनि हाजिर गर्न भने पाएका छैनन् ।
कर्मचारीको हाजिरी कापी नै मेयर बालेन शाहको सचिवालयमा राखिएको छ । जसले गर्दा उनी कार्यकक्षमा प्रवेश गरे पनि हाजिर भने गर्न पाएनन् । सचिवालयका एक सदस्यका अनुसार गुरागाईँ विवादमा आएदेखि नै हाजिरी कापी सचिवालयमा राखिएको थियो ।
‘केही समयदेखि नै हाजिरी कापी नै हामीसँग छ । आज पनि कार्यकक्षमा जबरजस्ती जानुभयो । हाजिरी गर्न दिइएको छैन । उस्तै पनि हाजिर बिहान १० बजे मात्रै हुन्छ,’ ती सदस्यले भने ।
