• Sunday 4th of October 2026

यसरी भयो हालसम्मकै ठूलो साइबर हमला, २० करोड एक्स प्रयोगकर्ताका डेटा लिक


  • धनकुटा खबर
  • .

सोसल मिडिया प्लाटफर्म एक्समाथि हालसम्मकै ठूलो साइबर हमला भएको छ । एक साइबर सेक्योरिटी रिपोर्ट अनुसार ह्याकरले २० करोडभन्दा धेरै एक्स प्रयोगकर्ताका डेटा चोरेका छन् । यसलाई इतिहासकै सबैभन्दा ठुलो डेटा चोरी भएको दाबी गरिएको छ ।

एक्स प्रयोगकर्ताका डेटा चोरीसँग सम्बन्धित जानकारी सबैभन्दा पहिले Safety Detectives नामको वेबसाइटले प्रकाशित गरेको थियो ।

उक्त साइटमा दाबी गरिए अनुसार BreachForums नामक ह्याकिङ फोरममा एकजना प्रयोगकर्ता ThinkingOne द्वारा एउटा पोस्ट गरिएको थियो, जसमा ३४ जिबीको फाइल डाउनलोडका लागि शेयर गरिएको थियो ।

उक्त फाइलमा २० करोड १० लाख एक्स प्रयोगकर्तासँग सम्बन्धित संवेदनशील जानकारीहरु थिए, जसमा युजर आइडी तथा स्क्रिन नेम, पूरा नाम तथा लोकेसन, इमेल ठेगाना, फलोअरको संख्या, प्रोफाइल डेटा तथा टाइम जोनका साथै प्रोफाइल तस्वीरलगायतका विभिन्न संवेदनशील जानकारीहरु सामेल थिए ।

Safety Detectives का शोधकर्ताहरुले लिक भएका डेटाहरुको अनुसन्धान गर्दा यसमा जम्मा १०० प्रयोगकर्ताका जानकारीहरू मात्रै वास्तविक रहेको पाए ।

वेबसाइटका अनुसार लिक भएका इमेल ठेगानाहरू पनि वास्तविक थिए । यद्यपि इमेलहरु सम्बन्धित प्रयोगकर्ताकै भएनभएको प्रष्ट भएको छैन ।

उता करोडौं प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरू साइबर अपाराधीहरूले चोरी गरेको विषयमा एक्सले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन । तथापि यो घटनाले सोसल मिडिया प्लाटफर्महरुको सुरक्षाका विषयमा पुनः एकपटक प्रश्नचिह्न उठाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖