• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

‘मर्निङ वाक’ मा निस्किएका व्यवसायीमाथि मौरीको हमला, बेहोस भएलगत्तै मृत्यु


  • धनकुटा खबर
  • .

लखनउ । भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । मंगलबार कानपुर क्लब रोडमा ‘मर्निङ वाक’ का क्रममा रवि शंकर अग्रवाललाई मौरीको झुण्डले हमला गरेको थियो ।

आसपासमा रहेका मानिसहरू मौरीबाट बच्न भागाभाग गरेका थिए । रविशंकर भाग्ने प्रयास गर्दागर्दै लडे । केहीबेर उनले हातखुट्टा चलाइरहेका थिए । लगत्तै उनी बेहोस भए ।

केही समयपछि उनलाई त्यहाँबाट उद्धार गरी अस्पताल लगिएको थियो । तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे । मौरीकै हमलाबाट उनको मृत्यु भएको हो वा हृदयघात लगायतका कारणबाट भएको हो भन्ने खुल्न सकेको छैन ।

केन्ट थाना क्षेत्रस्थित पेपर मार्केट निवासी सुधीर अग्रवाल मृतक रवि शंकरका भाइ हुन् । सुधीरका अनुसार उनका दाजुले फलामे तार बनाउने कारोबार गर्दै आएका थिए । रवि शंकर अग्रवाल कैयौँ वर्षदेखि सो क्षेत्रमा ‘मर्निङ वाक’का लागि जाने गर्दथे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖