• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंबाट एक जना चिनियाँ नागरिक २० लाख नगदसहित पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौंबाट एक जना चिनियाँ नागरिक २० लाख नगदसहित पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-२७ महाबौद्धबाट चिनियाँ नागरिकलाई २० लाख ९२ हजार नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

पक्राउ पर्नेमा तिब्बत घर भई काठमाडौंको बौद्ध बस्‍ने २६ वर्षीया रिक्शी वाङ्मो छन्।

उनीबाट एक हजार दरको ११ लाख ८३ हजार रुपैयाँ र ५ सय दरको ९ लाख ९ हजार रुपैयाँ बरामद भएको हो।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖