• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सुहागरातमा श्रीमतीले ‘मलाई नछुनु, म अरु कसैको हुँ’ भनेपछि बबाल


  • धनकुटा खबर
  • .

काठमाडौं । भारत, उत्तर प्रदेशको बरेलीमा एक युवकले विवाहको रात आफूलाई छक्क पार्ने घटनाबारे प्रहरीमा उजुरी दिएका छन्। उनले आरोप लगाएका छन् कि उनकी श्रीमतीले विवाहको रात आफूलाई नछुन र आफूबाट टाढा रहन भनेकी थिइन्। यदि छोए पिलाउने धम्की पनि दिइन्

युवकको आरोप छ कि श्रीमतीले उनलाई बताइन् ‘म अरु कसैलाई माया गर्छु, परिवारको दबाबमा विवाह गरेकी हुँ’ । उनले थप भनिन्, ‘मलाई नछुनुहोस् र यो कुरा कसैलाई नभन्नु।’ यसपछि युवकले शारीरिक सम्बन्ध राख्ने चाहनामा असफल भए।

जब उनले यो कुरा श्रीमतीको परिवारलाई भने, उनीहरूले धम्की दिए। पीडितको भनाइ अनुसार, परिवारका सदस्यहरूले उनलाई दुर्व्यवहार गरे, यौन दुर्व्यवहारको आरोप पनि लगाएका छन्। ती युवकले आफू र आफ्नो परिवार मानसिक रुपमा पीडित भएको आरोप लगाएका छन्।

आत्महत्या गर्ने धम्की दिएर श्रीमतीले केटाका बुवालाईसम्म बलात्कारजस्ता गम्भीर अपराधमा फसाउने धम्की पनि दिने गरेकी छिन्। केटाकी आमा मुटु रोगी हुन्। माइती पक्षका धेरैले केटालाई मार्ने धम्की दिने गरेका छन्। उनले सबैबाट खत्तरा भएको भन्दै सुरक्षा माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖