• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

तीनकुने घटनामा संलग्न थप १ जना पक्राउ, पक्राउ सङ्ख्या ६७ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । तीनकुनेमा पूर्वराजाको पक्षमा भएको प्रदर्शनमा सहभागी थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा घर भएका केशव बस्नेत छन् ।

चैत १५ मा दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा आयोजित प्रदर्शनमा बस्नेत सहभागी थिए । प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या ६७ पुगेको छ ।

अहिलेसम्म ७६ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖