• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

वीरेन्द्रनगरमा कसले चलायो गोली ? गोली छाना छेडेर खस्यो कोठाभित्र


  • धनकुटा खबर
  • .

‎सुर्खेत । शनिबार ‎वीरेन्द्रनगरमा गोली चलेको छ। ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ। ‎

उक्त गोली छाना छेडेर कोठाभित्र खसेको छ। ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए। ‎‎

‘यो गोली कताबाट आयो, कसले चलायो यसै भन्न सकिने‌ अवस्था छैन,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖