श्रीमती मल्लिगा हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए श्रीमानले । प्रहरी खोजीकार्यमा लाग्यो ।
केही दिनपछि जंगलमा भेटिएको अज्ञात कंकाललाई उनकै श्रीमतीको हो भनेर श्रीमान सुरेशमाथि ह’त्या आरोप लगाइयो र उनी दुई वर्ष जेल परे। तर पछिल्लो अनुसन्धानमा मल्लिगा जिउँदै प्रेमीसँग होटलमा फेला परेकी छन्।
ज’बरज’स्ती हस्ताक्षर गराएर दोषी बनाइएको दाबी गर्ने सुरेश अहिले रिहा भइसकेका छन्। सुरेश भन्छन्, “मैले हराएको उजुरी आफैं दिएको हुँ, तर प्रहरीले मेरो कुरा सुनेन। ज’बरज’स्ती हस्ताक्षर गराएर मलाई जे’ल पठाइयो।”
उनले थपे, “मल्लिगाको प्रेम सम्बन्धबारे थाहा त थियो, तर मैले कहिल्यै उजुरीमा त्यो कुरा उल्लेख गरिनँ।”
सुरेशले एक लाख भारतीय रुपैयाँ धरौटी तिर्न नसकेपछि लामो समय जेल बस्नुपरेको थियो। घट्ना भारतको हो ।
