काठमाडौँ । बानेश्वर क्याम्पसका निर्वाचित स्ववियु सदस्य विवेक ठकुल्ला निर्वाचित कार्यसमितिको पहिलो बैठक नै नबसी बिदेसिएका छन् ।
ठकुल्ला वैदेशिक अध्ययनका लागि आज शनिबार जापान गएका उक्त क्याम्पसका एक स्ववियु सदस्यले जानकारी दिए ।
चैत ५ गते भएको स्ववियु निर्वाचनमा ठकुल्लाले अखिल क्रान्तिकारीको तर्फबाट १५९ मत ल्याएर स्ववियु सदस्य निर्वाचित भएका थिए ।
यद्यपि, ठकुल्लाले आफू २–३ महिनामा फर्किने गरी जापान गएको बताएका छन् ।
