• Monday 5th of October 2026

‘भ्वाइस अफ नेपाल’को स्टेजमा दिकिलाको इन्ट्री


  • धनकुटा खबर
  • .

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’मा अहिले नकआउट राउण्ड चलिरहेको छ । शनिबार रातीको पछिल्लो एपिसोड पनि निकै रोचक रह्यो, जसमा दर्शकले एक सरप्राइज ‘क्यामियो’ देख्न पाए ।

दावा शेर्पाले प्रस्तुति दिइरहँदा दिकिला शेर्पा भ्वाइसको स्टेजमा प्रवेश गरिन्, जुन कसैले पनि सोचेको थिएन । स्टेजमा पुगेर उनले दावासँगै प्रस्तुति मात्र दिइनन्, उनको भोट गर्न अपिल गरिन् ।

दावाले स्टेजमा एकदेव लिम्बुको गीत ‘झिमझिमाउने आँखा’मा प्रस्तुति दिइरहेका थिए । यो गीतको म्युजिक भिडियोमा पनि दिकिलाको अभिनय छ । यो गीत यसवर्ष युट्युब म्युजिकको ट्रेन्डिङमा पनि थियो ।

दावाले यो गीत गाइरहँदा मंचमा दिकिला पुगिन् । दावाले लिरिक्स नै बिर्सिए । दिकिलाले हतोत्साही नहुन र गायनलाई निरन्तरता दिन आग्रह गरिन् । दावाले फेरि सुरुदेखि गीत गाए र दिकिलाले उनको गीतमा प्रस्तुति दिइन् ।

भारतको चर्चित रियालिटी शो ‘स्पिल्ट्सभिल्ला’को सिजन ५ बाट चर्चामा आएकी दिकिला अहिले नेपालमा छिन् । उनको डेब्यु फिल्म ‘कुस्ती’को छायांकन चलिरहेको छ । छायांकन सेटबाटै उनी भ्वाइसको स्टेजमा पुगेर दावाको समर्थनमा प्रस्तुत भएकी हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖