• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

काकाद्वारा भतिजी बलात्कृत


  • धनकुटा खबर
  • .

धनगढी: कैलालीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका– २ कृष्णनगरका २४ वर्षीय युवकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बलात्कार गरेको अभियोग लागेका युवक पीडित बालिकाका काका नाता पर्छन्।

बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको प्रहरी निरीक्षक जोशीले बताए।

जोशीका अनुसार घटना १७ चैतको भए पनि ढिलो गरी प्रहरीमा उजुरी परेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इन्सपेक्टर जोशीले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖