• Sunday 29th of November 2026

महासचिवले नै छाडे प्रभु साहलाई


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ चैत । नेकपा एमालेसँग बिद्रोह गरेर नयाँ पार्टी खोलेका प्रभु साहलाई उनका सहयात्रीहरूले धमाधम छाडदै जान थालेका छन् ।
 
कर प्रणाली र दलीय तन्त्रको बिरोध गर्दै आएका आम जनता पार्टीबाट उनका महासचिव उपेन्द्र साहले आज साथ छाडेको घोषणा गरेका हुन् ।

‘राष्ट्रिय अध्यक्ष प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई बिशेष  धन्यवाद  दिन चाहन्छु, उहाँको पार्टीले प्रगति  गरोस्  हार्दिक  शुभकामना  छ’ उनले सामाजिक सञ्जालवाट राजिनामा बुझाएको जानकारी दिदैँ भनेका छन, ‘आजको मिति देखि म पार्टिको कुनै पनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु।’
 
यसअघि साहलाई बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, सांसद किरण साह, प्रदेश सांसद कुन्दन कुशवाहलगायत धेरै नेताले छाडेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖