• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु


  • धनकुटा खबर
  • .

वीरगन्ज । आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले एक जना पुरुष पक्राउ गरेको छ । नेकमेकबाट Cyber Tipline Report 207962886 को आधारमा पर्सा प्रहरीले एक जना बाबुलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल र डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबाट सूचनाका आएको र सोही सूचना बमोजिम नेपाल प्रहरीको साइबर ब्युरोको समन्वयमा ती पुरुषलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पीडकले अभियुक्तले आफ्नो Gmail अकाउन्ट र Drive मा अश्लील तस्बिर राखेका थिए । उक्त अश्लील तस्बिरबारे नेपाल प्रहरीलाई नेकमेकले जानकारी गराएको थियो । यसरी नेकमेकबाट सूचना आइसकेपछि साइबर ब्युरोले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीलाई प्राप्त विवरणअनुसार अभियुक्तले तीन वटा मोबाइल नम्बरहरू प्रयोग गरेको देखिन्छ । यी सबैको विस्तृत विश्लेषणपछि प्रहरीले पर्सा जिल्लाको छपकैया प–१ का एक पुरुषलाई पक्राउ गरेको हो । उनको परिचय गोप्य राखिएको छ । प्रहरी अभियुक्तलाई यही २२ चैतमा नियन्त्रणमा लिए पनि सार्वजनिक भने मङ्गलवार गरेको हो ।

प्रहरीले उनको साथबाट सम्बन्धित भिडिओसमेत बरामद गरेको जानकारी दिएको छ । प्रहरीले उनी विरुद्ध करणी सम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ।

उनी विरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप भैसकेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖