• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको गृह मन्त्रालयले जारी गर्‍यो सर्कुलर


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो ।

केही साता अघि पञ्जाब राज्यको प्रहरी सम्मिलित टोली कथित अपराधीलाई पक्राउ गर्न भनेर काठमाडौँ आएको थियो । उक्त टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भारतको केन्द्र सरकारले गरेको आग्रह अनुसार उक्त टोलीलाई नेपाल सरकारले रिहा गरेको पृष्ठभूमिमा भारतको केन्द्रीय गृह मन्त्रालयले आफ्ना राज्यहरूलाई सर्कुलर जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कुनै पनि अनुसन्धानका लागि विदेशी भूमिमा जानु परेमा अनिवार्य रूपमा अनुमति लिन केन्द्रीय गृह मन्त्रालयले भारतका सबै राज्यलाई सर्कुलर गरेको हो ।

विदेशी भूमिमा कुनै ‘मिसन’का लागि जानु अघि आवश्यक अनुमति लिन पनि भारतको केन्द्रीय गृह मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖