• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गाउँपालिका अध्यक्षविरुद्ध बेहोस बनाई युवतीलाई गोठमा बलात्कार गर्ने जाहेरी प्रकरण के हो?


  • धनकुटा खबर
  • .

काठमाडौं– वडा प्रहरी कार्यालय बुटवलमा कपिलबस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीविरुद्ध एक युवती बलात्कार प्रकरणको उजुरी नलिएको विषय छताछुल्ल भएको छ।

पीडक भनिएका चौधरीको समूहले पीडित युवती र परिवारलाई धम्की समेत दिने गरेको गुनासो परेको छ। पीडितले प्रहरीले जाहेरी लिन नमानेपछि हुलाकमार्फत पठाएका छन्।

अध्यक्ष चौधरीविरुद्ध गत २० पुसमै वडा प्रहरी कार्यालय, बुटवलमा जाहेरी परेको थियो। प्रहरीले जाहेरी नै दर्ता गर्न नमानेपछि पीडित पक्षले हुलाकमार्फत जाहेरी दिएको थियो। तीन महिना हुँदा पनि अझै प्रहरीले आरोपीमाथि अनुसन्धानका लागि चासो दिएको छैन। आरोपीले नै अझै धम्की दिइरहेको पीडित किशोरीका बुबा बताउँछन्।

मुद्दा फिर्ताका निम्ति निरन्तर धम्की आएको पीडित परिवारले जनाएको छ।
कपिलवस्तु घर भई बुटवल बस्ने युवतीलाई बेहोस बनाई कोठामा लगेर बलात्कार गरिएको थियो। किशोरीका बुबाले प्रहरीमा दिएको जाहेरीअनुसार गत ५ असोजमा घरबाट पसल गएकी उनलाई सन्तकुमार यादवले अर्धबेहोस बनाएर सिद्धबाबा मन्दिर लगेका थिए।

पानीमा औषधि मिसाएर अर्धबेहोस बनाइएको उनको भनाइ छ। सिद्धबाबा मन्दिरबाट देवीनगरस्थित एक घरको डेरामा लगेर बन्धक बनाई आफूमाथि सामूहिक बलात्कार भएको पीडितको जाहेरी छ। सन्तकुमारका साथै उनका साथी राजेश्वर चौधरीले समेत बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
साथै, बन्धक बनाएको कोठामा आएर गाउँपालिका अध्यक्ष चौधरीले हात समाएर गालीगलौज गरेको र यो कुरा कसैलाई भने मारिदिने भनेर धम्की दिएको उल्लेख छ। यो विषय पीडितले अदालतको बकपत्रमा पनि उल्लेख गरेकी छिन्।

प्रहरीले यो घटनामा सन्तकुमारलाई मात्र पक्राउ गरेर मुद्दा दायर गरेको छ। उनी पुर्पक्षका लागि कारागार चलान भएका छन्। तर, कमलेश र राजेश्वरमाथि अनुसन्धान नै गरेन।

उनीहरूमाथि अनुसन्धान नगरेपछि पीडितका बुबा पूरक जाहेरी लिएर गत २० पुसमा प्रहरीमा गएका थिए, तर प्रहरीले दर्ता गरेन। त्यसपछि उनीहरू सरकारी वकिल कार्यालय गए। सरकारी वकिलले समेत जाहेरी नलिएपछि हुलाकमार्फत प्रहरी कार्यालयमा पठाइएको थियो।

घटना गत असोजको हो। कपिलवस्तु घर भई बुटवल बस्ने युवतीलाई बेहोस बनाई कोठामा लगेर बलात्कार गरिएको थियो।

किशोरीका बुबाले प्रहरीमा दिएको जाहेरीअनुसार गत ५ असोजमा घरबाट पसल गएकी उनलाई सन्तकुमार यादवले अर्धबेहोस बनाएर सिद्धबाबा मन्दिर लगेका थिए। पानीमा औषधि मिसाएर अर्धबेहोस बनाइएको उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖