• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ज्वाइँ बारम्बार ससुराली आउँथे, सासूसँग रोमान्स अनि विवाहअघि गहना र नगद लिएर दुवैले कसे टाप


  • धनकुटा खबर
  • .

काठमाडौं । भारत, उत्तर प्रदेशको अलीगढमा एक चकित पार्ने घटना सार्वजनिक भएको छ, जहाँ एक आमा आफ्नै छोरीको हुनेवाला ज्वाइँसँग भागेकी छिन्। छोरीको विवाह हुन नौ दिन मात्र बाँकी थियो। सासू र ज्वाइँबीचको प्रेम सम्बन्ध पहिलेबाट नै चलिरहेको खुलासा भएको छ।

छोरीको विवाहका लागि तयार गरिएको गहना र नगद पनि आमा चोरेर भागेपछि परिवार स्तब्ध भएको छ। युवतीको बुबाले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो।

सासू- ज्वाइँको प्रेम सम्बन्ध परिवारको आँखा अगाडि चलिरहे पनि कसैले शंका गरेका थिएनन्। विवाहको तयारीका नाममा बारम्बार भेटघाट भइरहे पनि कसैले सोच्न सकेनन् कि छोरीको घर उजाडिनेछ।

अब दुवैको खोजी भइरहेको छ भने विवाह टुटिसकेको छ। परिवारका सदस्यहरू आहत छन् भने समाजमा यो घटना कलियुगको साँचो तस्वीरका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖