• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा एउटै विद्यालयमा पढ्ने ७ वर्षकी नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षका बालक पक्राउ परेका छन्। टीकापुर नगरपालिका–४ मा रहेको निजी विद्यालयमा अध्ययनरत ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षका बालकलाई चैत्र ११ गते इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटना चैत्र ६ गतेको हो। नाबालिकालाई उपचारका लागि टिकापुर अस्पतालमा पुर्‍याइएपछि त्यहाँबाट घटनाबारे प्रहरीलाई खबर प्राप्त भएको थियो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनराज बुढाथोकीले घटनामा आरोपित बालकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट पनि प्राप्त भएको छ।

घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको डीएसपी बुढाथोकीले जानकारी दिए । उनकाअनुसार केही दिनभित्र अनुसन्धान पुरा गरेर अदालतमा फाइल बुझाउने काम हुनेछ।

उक्त घटनाबारे पिडक पक्षले पीडितलाई मिलापत्र गर्न दबाब दिइरहेको बताइएको छ। मुद्दालाई होस्टाइन गर्न अनेक खालका दबाब र प्रभाव आइरहेको भन्दै पीडित बालिकाको परिवारले मानव अधिकार आयोगमा समेत उजुरी दिएका छन्।

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरी परेको छ। इलाका प्रहरी कार्यालय टिकापुरले भने केही दिनमै घटनाको अनुसन्धान पुरा हुने जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖