दुर्गा प्रसाईँलाई भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याउने क्रममा समर्थकको भिड बढेपछि प्रहरीले रुट परिवर्तन गरेको छ।
अब उनलाई झापाको गलगलिया नाकाबाट ल्याइनेछ। झापा प्रहरी प्रमुख मिलन केसी उनलाई लिन गलगलिया गएका छन्।
गलगलियामा भारतीय प्रहरीले हस्तान्तरण गरेपछि प्रसाईँलाई चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं पठाइनेछ।-स्रोत :निलोपाटी
