• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे


  • धनकुटा खबर
  • .

काठमाडौँ । मोबाइलमै व्यस्त भएकी छोरीलाई तह लगाउन खोज्दा पिताले ७ महिना जेलमा बस्नु परेको घटना प्रकाशमा आएको छ ।

भारतको उत्तर प्रदेश राज्यको गाजियाबाद जिल्लाको लोनीमा उक्त घटना भएको हो । छोरीको बयानका आधारमा ७ महिना जेलमा बसेका पुरुषलाई अदालतले निर्दोष ठहर गर्दै रिहा गरेपछि यो घटना प्रकाशमा आएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार २४ सेप्टेम्बर, २०२४ मा लोनी थानामा एक किशोरीले आफ्नै पितामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । यतिमात्र होइन, किशोरीकी आमाले आफ्नै पतिविरुद्ध उजुरीसमेत दर्ता गराएकी थिइन् ।

आफूलाई पेट्रोल छर्किएर जलाउन खोजेको र मोबाइल फोनसमेत फुटाइदिएको आरोप ती किशोरीले पितामाथि लगाएकी थिइन् । सोही आधारमा प्रहरीले आरोपित पितालाई गिरफ्तार गरेर मुद्दा प्रक्रिया अघि बढाएको थियो । अदालतले आरोपित पितालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्दा किशोरीले बयान फेरिन् । किशोरीले सुनुवाइका क्रममा अदालतमा भनिन्, ‘पिताले मेरो मोबाइल फुटाइदिएपछि रिसमा मैले झुटो आरोप लगाएको थिएँ ।’

बिहीबार पोक्सो अदालतका विशेष न्यायाधीश नीरज गौतमले किशोरीकै बयानका आधारमा आरोपितलाई ‘निर्दोष’ ठहर गर्दै रिहा गर्ने आदेश दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖