बन्दिपुर -२ कामी डाडाँमा चितुवाको आक्रमणबाट ९-१० बर्षकी बालिका अनुजा बिकको मृत्यु भएको छ।
शुक्रवार साँझ ६ बजेको समयमा फुपुको घर जान भन्दै घरबाट निस्किएर गएकी तर बालिका निक्कै बेरसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेका थिए ।
खोजी गर्ने क्रममा अङ्कलले बाटोमा अनुजाको चप्पल देखेपछि तुरुन्तै स्थानीय , प्रहरी लगायतको टोलीलाइ खबर गरि खोजी सुरु भएको थियो ।
खोजी गर्दा घरबाट करिब ८०० मिटर टाढा जङ्गलमा राती ८ः३० बजे घाटि र दाइने साप्रो नभएको अवस्थामा बालिकाको शब भेटिएको हो ।
