• Sunday 29th of November 2026

प्रचण्डले प्रधानमन्त्री बन्न अफर गरेपछि शेरबहादुर देउवा मख्ख


  • धनकुटा खबर
  • .

काठमाडौं – प्रचण्डले प्रधानमन्त्री बन्न अफर गरेपछि शेरबहादुर देउवा मख्ख परेका छन् । प्रचण्डलाई कुनै जवाफ नदिएका देउवाले आफै सरकारको नेतृत्व गर्ने संकत गरेका छन् ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्दै देउवाले सरकारको नाममा धेरै ठूलो बदनामीहरू भइरहेको बताएपछि धेरैले सरकार ढल्ने आँकलन गरेका छन् । नेता शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकारबारे गरेको आलोचनाको पनि देउवाले समर्थन गरेका थिए ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्न पुगेका कोइरालाले देउवाभन्दा अगाडि बोल्दै कांग्रेस सत्तामा छ, सरकारमा छैन भन्ने अभिव्यक्ति दिएका थिए । उनले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै सुशासन नभएको टिप्पणी गरेका थिए ।

कोइरालापछि बोलेका देउवाले भने, ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो । सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ । यो नहोस् भनिसक्नु भयो ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖