• Monday 5th of October 2026

केशरीः च्याप्टर २ रिलिज अगावै ५ विभिन्न सहरमा देखाइने


  • धनकुटा खबर
  • .

मुम्बई, ३१ चैत । केसरीको धेरै वर्षपछि अब निर्माताले यस्तै एउटा ऐतिहासिक चलचित्र ‘केशरी २’ ९केसरी च्याप्टर २० दर्शकका लागि ल्याइरहेका छन् । फिल्ममा जलियावाला बाग हत्याकाण्डको कथा केही नयाँ पात्रका साथ देखाइनेछ । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई हेर्दा अभिनेता यसपटक दमदार भूमिकामा देखिने देखिन्छ ।

तर तपाईलाई थाहा छ केशरी २ रिलिज हुनुअघि हेर्न सकिने भएको छ । जबकी चललचित्र छिट्टै हलमा आउँदैछ ।  दि तपाईं अक्षय कुमार, आर माधवन र अनन्या पाण्डेको सच्चा फ्यान हुनुहुन्छ र रिलिज हुनुअघि नै फिल्म हेरेर आनन्द लिन चाहनुहुन्छ भने निर्माताहरूले तपाईंको लागि यस्तो सुविधा ल्याएका छन्। 

फिल्म टिमले देशका पाँच ठूला सहर दिल्ली, मुम्बई, बैंगलोर, कोलकाता र चण्डीगढमा विशेष प्रि(रिलिज स्क्रिनिङ आयोजना गर्ने भएको छ । यसको मतलब केहि भाग्यशाली दर्शकहरूले फिल्म रिलिज हुनु अघि नै हेर्ने मौका पाउनेछन्। यसको लागि दर्ता सोमबार अप्रिल १४ बाट सुरु हुनेछ।

 

अक्षय कुमारले यो फिल्मलाई निकै पर्सनल र स्पेशल भनेका छन् । ट्रेलर लञ्चको क्रममा उनले भने, ‘मेरो बुवाको जन्म जलियावाला बागको अगाडि भएको थियो र मेरो हजुरबुवाले त्यो डरलाग्दो दृश्य आफ्नै आँखाले देखेका थिए। त्यसैले मेरो लागि यो फिल्म एउटा प्रोजेक्ट मात्र होइन, यो एउटा भावना हो।’

 

यस फिल्मको कथा सन् १९१९ को जलियावाला बाग नरसंहारमा आधारित छ। ट्रेलरमा केही यस्ता दृश्यहरू देखाइएको छ, जुन निकै डरलाग्दो छ । यस फिल्ममार्फत जलियाँवाला बागको सत्यता उजागर गर्ने प्रयास गरिने छ । रिपोर्टका अनुसार अक्षय कुमारले फिल्ममा वकिल सी शंकरन नायरको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖