• Monday 5th of October 2026

कमेडियन कपिल शर्माको नयाँ फिल्मका तीन हिरोइनको खुल्यो रहस्य


  • धनकुटा खबर
  • .

मुम्बई, १ बैशाख ।  कपिल शर्माले आफ्नो अर्को फिल्म ‘किस किसका प्यार करूँ २’ घोषणा गरिसकेका छन्। उनका फ्यानहरू यो फिल्मको पर्खाइमा रहेका छन ।

यस फिल्ममा पनि उनका तीन श्रीमती र एउटी प्रेमिका हुनेछन, त्यसयता अभिनेताले एकपछि अर्को गर्दै आफ्नी दुलहीको अनुहार खुलाउदैँ आएका छन्। उनले नयाँ पोस्टरसहित सबैलाई वैशाखीको शुभकामना दिएका छन् । यो तस्बिरमा कपिल शर्मा पञ्जाबी दुलहीसँग पोज दिइरहेका छन् । केही समयमै यो भाइरल भयो र फ्यानहरूले प्रतिक्रिया दिन थालिसकेका छन् । 

 

कपिलले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक पोस्टर सेयर गरेका छन्, जसमा उनी पञ्जाबी दुलहाको रूपमा अनुहारमा ठूलो पर्दा लगाएकी रहस्यमय केटीको रूपमा देखिएकी छिन्। उनले सबैलाई बैशाखीको शुभकामना दिएका छन् । त्यसपछि कपिलका एक फ्यानले लेखे, ‘भगवानको कृपाले यो फिल्म सुपरहिट ब्लकबस्टर हो।’

 

भर्खरै न्युज १८ सँगको कुराकानीमा कपिल शर्माले ‘ज्वेइगाटो’ पछि उनलाई धेरै फिल्मबाट अफर आएको खुलासा गरेका थिए, जसमध्ये धेरैमा उनले गम्भीर भूमिका निर्वाह गर्नुपर्ने भन्ने थियो । यसबारे कुरा गर्दै उनले भने,  ‘ज्वेगाटोको ट्रेलर रिलिज भएपछि मलाई ९ वटा फिल्मको अफर आयो । तर, ती सबै गम्भीर भूमिका थिए तर यो स्पष्ट थियो कि ती मध्ये धेरै लेखकहरू आफ्नो कामप्रति गम्भीर थिएनन्।’

 

कपिल शर्मा र मनजोत सिंह जस्ता कलाकारहरुको अभिनय रहेको ‘किस किसको प्यार करूँ २’ कमेडी र रहस्यले भरिएको फिल्म हो । भेनस वल्र्डवाइड इन्टरटेनमेन्टको अब्बास मस्तान फिल्म प्रोडक्सनसँगको सहकार्यमा रतन जैन, गणेश जैन र अब्बास–मस्तानले निर्माण गरिरहेको यो फिल्मलाई अनुकल्प गोस्वामीले निर्देशन गरेका हुन् ।

 

खबरको विश्वास गर्ने हो भने कपिलका तीन श्रीमतीको भूमिकामा अभिनेत्री पारुल गुलाटी, आश्रम फेम बबिता भाभी अर्थात् त्रिधा चौधरी र बिग बोस फेम अभिनेत्री आयशाले अभिनय गरिरहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖