• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्रेमीसँग गर्भवती भएको झुट, बच्चा जन्माएको देखाउन ३ महिने बच्चा चोरी


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रेमीलाई आफू गर्भवती भएको झुटो खबर दिएकी दैलेखकी एक किशोरीले पछि आफुले बच्चा जन्माइसकेको भन्ने प्रेमीलाई देखाउन ३ महिनाको बच्चा चोरी गरेको खुलेको छ । किशोरीका प्रेमी भारतमा छन् ।

बच्चा चोरेर जंगलमा गएकी किशोरीलाई प्रहरीले जंगलबाटै पक्राउ गरेको हो । किशोरीले प्रहरीलाई बताएअनुसार उनी आफ्नै गाउँका एक युवकसँग प्रेममा थिइन्। उनका प्रेमी कामको सिलसिलामा भारतमा छन् । उनले प्रेमीलाई आफू गर्भवती भएको झुट बोलेकी थिइन् ।

भारतमा रहेका प्रेमीलाई देखाउनकै लागि उनले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । किशोरीले दैलेखको ठाटीकाँध गाउँपालिका १ सिराडीका बमबहादुर बुढाकी तीन महिने छोरीलाई बिहीबार बेलुकी ९ बजेतिर घरभित्रै सुतेको समयमा चोरेर लगेकी थिइन्।

बच्चा चोरेपछि उनी जंगलमा गएर बसेकी थिइन् । बच्चा चोरेको करिब १२ घण्टापछि शुक्रबार बिहान ९ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ को लामिडाँडा जंगलबाट किशोरीलाई पक्राउ गरी बालिकाको उद्धार गरेको थियो। बालिका रोएपछि दूधको खोजीका लागि किशोरी गाउँ पसेकी थिइन्। स्थानीयलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖