• Monday 5th of October 2026

नयाँ वर्ष पारेर राजेश हमाल सरे बुढानीलकण्ठस्थित नयाँ घर


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनेता राजेश हमाल बुढानीलकण्ठको नयाँ घरमा सरेका छन् । नयाँ २०८२ को अवसर पारेर उनी सोमबार (आज) पूजा गर्दै नयाँ घरमा सरेका हुन् ।

यसअघि हमाल कपुरधारास्थित घरमा बस्दै आएका थिए । कपुरधाराको उक्त घर भत्काइएको कारण उनले बुढानीलकण्ठमा नयाँ घर बनाएका हुन् । राजेश पहिलो पटक काठमाडौँ आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगेका थिए । जहाँ राजेशले दसकौँ बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो ।

हमालको नयाँ घरमा बुढानीलकण्ठस्थित सिद्धार्थ कोलोनीमा रहेको छ । एक रोपनी क्षेत्रफलमा उनले नयाँ घर बनाएका छन् ।

कपुरधाराको घर भत्काइएपछि उनी बुढानीलकण्ठको नयाँ घर नजिकैको एक घरलाई भाडामा लिएर बसेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖