• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सुनसरीमा चल्यो गोली


  • धनकुटा खबर
  • .

विराटनगर । सुनसरी सीमावर्ती क्षेत्र रहेको देवानगञ्ज गाउँपालिका वडा नं २ मा गोली चलेको छ ।

गोली लागेर एक जना घाइते भएका छन् । यादव टोलदेखि पश्चिम रासी जाने बाटोमा सोमबार साँझ गोली चलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता दिनेश अधिकारीका अनुसार उक्त घटनामा एक जना घाइते भएका छन्। घाइतेको परिचय खुलिनसकेको उनले बताए ।

यस्तै गोली कसले र किन चलाएको भन्नेबारे पनि खुल्न बाँकी रहेको उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖