• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पत्रकार सुरेश रजकलाई जिउँदै जलाउनेको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौं – पत्रकार सुरेश रजकलाई जिउँदै जलाउनेको पहिचान खुलेको छ । तीनकुनेको मार्वल हाउसमा आगजनी गरेर सुरेशको हत्या गर्ने रामेछापको सुनापानी १ का तारा राजावादी भनिने सरोज गौतम रहेको खुलेको छ । चैत १५ गते घरमा आगजनी गर्ने गौतम आन्दोलनका ‘जनकमान्डर’ घोषित दुर्गा प्रसाईंकै कार्यकर्ता रहेको खुलेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गत चैत १९ गते नै नरेफाँटबाट पक्राउ गरिएका दुई युवकले तीनकुनेस्थित उक्त घरको पहिलो तलमा आगो लगाएको पत्ता लगाएको छ ।

चैत १५ तीनकुने क्षेत्रमा हिंसा भड्किएपछि एउटा घरको पेटीमा बसेर कराइरहेका युवक नै उक्त घरमा आगो लगाउने मुख्य अभियुक्त रहेको प्रहरीको दाबी छ ।

चैत १५ गते नै गौतम तीनकुनेस्थित एक घरको पेटीमा बसेर कराइरहेको भिडियो भाइरल भएको थियो । त्यसबेला उनलाई प्रहरीले लाठी हानेको थियो भने अश्रुग्यासले भेटेर उनी आँसुसरी भएका थिए ।

आफ्नो उपनाम नै राजावादी राखेका सरोज चैत १५ गतेको प्रदर्शनलाई भड्काउनेमध्ये एक थिए । दुर्गा प्रसाईं र रवीन्द्र मिश्रले निषेधित क्षेत्र तोड्न भिडलाई उकासेपछि अवस्थालाई हिंसात्मक बनाउन भूमिका खेल्ने पात्रमध्ये एक हुन् सरोज गौतम ।

उनी र अछामको पञ्चदेवल नगरपालिका–५ निवासी अनुपविक्रम शाही ठकुरी राजावादी भनिने गोकर्ण शाहीले एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकले भिडियो खिचिरहेको अवस्थामा मार्बल हाउसको पहिलो तलामा आगो लगाउँदै गरेको भिडियो नै अपराध अनुसन्धान कार्यालयले भेटेको छ।

खासमा चैत १५ गते दिउँसो प्रहरीको लाठी र अश्रुग्यास भेटेपछि सडक पेटीमा बसेर चिच्याइरहेको उक्त भिडियो नै सरोजसम्म पुग्ने क्लुका रुपमा प्रहरीले प्रयो गर्‍यो । उनी त्यही भिडियोका आधारमा चैत १९ मा नरेफाँटबाट समातिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖