• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

साउदीका राजदूतलाई यस्तो गरेपछि बंगलादेशी मोडल पक्राउ


  • धनकुटा खबर
  • .

एजेन्सी । बंगलादेशकी लोकप्रिय मोडेल मेघना आलमलाई अप्रिल ९ मा पक्राउ गरिएको जानकारी अहिले बाहिर आएको छ। उनीमाथि देशको सुरक्षालाई खतरामा पारेको र आर्थिक हितलाई हानि पुर्‍याएको आरोप छ। ३० वर्षीया मेघना २०२० मा मिस अर्थ बंगलादेश भएकी थिइन्।

मेघनाका बुबा बद्रुल आलमले प्रहरीले आफ्नी छोरीलाई कुनै आरोपपत्र बिना नै हिरासतमा लिएको बताएका छन्। उनले यो कार्य पूर्णतया गैरकानुनी रहेको बताए। मेघनाको पक्राउको मुख्य कारण साउदी अरेबियाका राजदूतसँगको उनको सम्बन्ध रहेको बताइएको छ।

बद्रुल आलमले भने, ‘राजदूत र मेघना सम्बन्धमा थिए र मेरी छोरीले उनीसँग विवाह गर्न अस्वीकार गरिन् किनभने उनी पहिले नै विवाहित थिए र उनका बच्चाहरू पनि थिए।’

यसैबीच, प्रहरीले मेघना आलमले राजदूत इस्सा आलमलाई ब्ल्याकमेल गरेर ५० लाख डलर (लगभग ४३ करोड रुपैयाँ) जबरजस्ती असुल्ने प्रयास गरेको आरोप लगाएको छ।

हालै मेघनाले फेसबुकमा राजदूत इस्सा गैर-इस्लामी गतिविधिमा संलग्न भएको दाबी गरेकी थिइन्। यद्यपि, मेघनाले उनीहरू के काम गरिरहेका थिए भन्ने कुरा खुलासा गरिनन्। मेघना आलमले इस्सा युसुफले सामाजिक सञ्जालमा सत्य कुरा पोस्ट नगर्न प्रहरी मार्फत धम्की दिएको पनि दाबी गरेकी थिइन्।

पक्राउ पर्नुअघि आलम फेसबुकमा लाइभ स्ट्रिमिङ गर्दै थिइन्। त्यसपछि बंगलादेश प्रहरीको विशेष जासूस शाखा, डीबी पुलिस, उनको घरमा पसेर उनलाई पक्राउ गर्यो।

आलमलाई बंगलादेशको विशेष अधिकार ऐन अन्तर्गत पक्राउ गरिएको छ। यो ऐनले अभियुक्तलाई अनिश्चितकालसम्म हिरासतमा राख्न अनुमति दिन्छ। बंगलादेशमा यो कानुनलाई तानाशाही कानुन भनिन्छ। यो घटनाले बंगलादेशको मानव अधिकारको अवस्थामाथि पनि प्रश्न उठाएको छ।

यद्यपि, बंगलादेश सरकारका कानुनी सल्लाहकार आसिफ नारुलले पनि गिरफ्तारी सही नभएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖