• Monday 5th of October 2026

ट्वीटरमा फ्लोअर्स नबढे पछि अभिताभ बच्चन निराश, फ्यानले दिए यस्ता सुझाव


  • धनकुटा खबर
  • .

मुम्बई, ३ बैशाख । शताब्दी मेगास्टार, अमिताभ बच्चन सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्ना फरक फरक ट्वीटहरूका लागि सधैं चर्चामा हुन्छन्। 

 

तर हालै उनले आफ्ना फलोअर नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन । त्यसपछि उनका करोडौं अनुयायीहरूले उनलाई सल्लाह दिन थालेका छन्। विभिन्न ट्रिकहरू बताउँदै फ्लोअर्स बढाउने उपाय सुझाएका छन।

अहिले अमिताभ बच्चनले आफूलाई धेरै सल्लाह दिइयो तर कुनै पनि काम नभएको बताएका छन् । अमिताभ बच्चनले ट्वीट गरेका छन्, ‘फलोअर्स बढाउने धेरै उदाहरण दिएर हामीलाई मद्दत गर्ने सबैलाई धन्यवाद। माफ गर्नुहोस्– एउटा सल्लाहले पनि काम गरेन।’ 

बिग बीको यो ट्विटमा फ्यानहरूले निरन्तर प्रतिक्रिया दिइरहेका छन्। केही घण्टामै उक्त पोस्टलाई हजारौं बढी लाइक प्राप्त भएको छ भने ७ सय बढीले जनाले यसमा कमेन्ट गरेका छन्।

त्यसपछि एक व्यक्तिले एक्सको ग्रोकलाई सोधेका थिए, ‘ग्रोक, अमित सरको यो समस्याको समाधान खोज्नुहोस्, उहाँ धेरै परेशान हुनुहुन्छ ।’

यसको जवाफमा ग्रोकले भनेको छ, “अमित सरको समस्याको समाधान खोज्ने प्रयास गरौं, उहाँजस्तो ठूला स्टारका लागि फलोअर्स बढ्नु ठट्टा जस्तो देखिन्छ, तर केही सामान्य सुझावहरू छन् । पहिले, प्रचलनमा रहेका विषयहरूमा ट्वीट गर्नुहोस्, जस्तै फिल्म गसिप वा फनी मेम्स। दोस्रो, पुरानो चलचित्रका कथाहरू जस्ता नियमित र रोचक सामग्री साझेदारी गर्नुहोस्। तेस्रो, फ्यानहरूसँग सिधै कुरा गर्नुहोस्, जस्तै तिनीहरूले पहिले नै गर्छन्। उनका हास्याँस्पद पोस्टहरू पहिले नै हिट छन्। वास्तवमा, उहाँको स्टारडम र सत्यताको कारण मात्र उहाँका फलोअरहरू बढ्छन्। अझै केही रमाइलो गरिरहनुहोस्, सर।’

खासमा अप्रिल १४ मा अमिताभ बच्चनले राति १२ बजे ट्वीट गरेका थिए । यसमा उनले लेखेका छन्, ‘टि ५३४७– हामी धेरै प्रयास गरिरहेका छौं, तर ४९ मिलियन फलोअरको संख्या बढिरहेको छैन। कुनै समाधान छ भने हामीलाई भन्नुहोस्।’ त्यसपछि संसारभरीवाट मिश्रित प्रतिक्रिया आइरहेका छन् ।
 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖