• Monday 5th of October 2026

सैफअली हमलाः आक्रामणकारीले चक्कु तीन टुक्रा पारेको खुलासा


  • धनकुटा खबर
  • .

मुम्बई, ३ बैशाख । सैफ अली खान अहिले आफ्नो आगामी फिल्म ‘ज्वेल थीफः द हेस्ट बिगिन्स’ को प्रमोशनमा व्यस्त छन् । तर, यी सबैपछि उनीमाथी भएको घातक हमलाको मुद्दामा पनि अनुसन्धान भइरहेको छ । केही दिनअघि जनवरीमा शरिफुल इस्लामलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ गरिएको थियो ।

 

तर, अब यस विषयमा नयाँ अपडेट आएको छ । वास्तवमा, मुम्बई पुलिसले सैफको घरबाट २ औंठाको छाप फेला पारेको थियो, जसमध्ये एउटा फिंगरप्रिन्ट मिलेको थियो। सैफ अली खान हमला प्रकरणको चलिरहेको अनुसन्धानमा सैफ अली खानको सदगुरु शरण भवनको आठौं तल्लाको सिढीमा भेटिएको फिंगरप्रिन्ट शरीफुल इस्लामको हो। फरेन्सिक प्रयोगशालामा भएको अनुसन्धानपछि यो कुरा बाहिर आएको हो ।

 

तर, अभिनेताको घरबाट थप दुई औंठाको छाप फेला परेको छ । यससँगै आरोपीको टी–सर्टमा रगतको निशान पनि भेटिएको छ, जुन सैफको रगतमा मिसिएको थियो। अभिनेतामाथि आक्रमण भएको चक्कु पनि भेटिएको छ। त्यो चक्कुलाइ तीन टुक्रा पारेको बताइएको छ । यी मध्ये एउटा टुक्रा सैफको शरीरमा, अर्को टुक्रा बान्द्रा पोखरीमा र तेस्रो टुक्रा ठाणेमा भेटिएको थियो । 

 

यस बाहेक मुम्बई पुलिसले चार्जशीटमा शरीफुल इस्लामको ६ सीसीटीभी फुटेज समावेश गरेको छ। यो फुटेजबाट शरीफुलको अनुहार पहिचान गर्दा पनि शत प्रतिशत मेल खाएको जनाइएको छ । आरोपितलाई पक्राउ गरेपछि यसबारे अनुसन्धान गरिएको हो । यस विषयमा थप अनुसन्धान जारी छ ।

 

जनवरीमा एक अज्ञात व्यक्ति चोरीको नियतले सैफको घरमा प्रवेश गरेका थिए । त्यसपछि झडपको क्रममा ती व्यक्तिले अभिनेतामाथि छुरी प्रहार गरेका थिए जसका कारण उनी गम्भिर रूपमा घाइते भएका थिए । तर, अहिले अभिनेताको घरमा सुरक्षाको कडा व्यवस्था गरिएको छ ।

 

जानकारी अनुसार सद्गुरु शरण भवनको चारैतिर फलामका काँडेतार जडान गरिएको छ । यसका साथै फलामको जाली र फलामको ब्यारिकेड पनि जडान गर्ने काम भइरहेको छ । 
 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖