• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मेयरले उद्घाटन गरेको सैलुनमा गर्मी भएपछि एसी दिन हेटौंडा उपमहानगरको तोक


  • धनकुटा खबर
  • .

हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले एक सैलुन उद्घाटनका क्रममा ‘यहाँ गर्मी रहेछ, एसी जडानको लागि उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्छु’ भन्ने वाचा गरेकी थिइन् ।

एसी सहयोग गर्ने वाचापछि, सैलुन सञ्चालकले उपमहानगरसँग एसी र इन्भर्टर माग गर्दै निवेदन दिए।

उपमहानगरले त्यसअनुसार लागत अनुमान गर्न तोक लगाएपछि सो पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रयोगकर्ताहरूले निजी व्यवसायलाई यति प्रकारको सहयोग गर्नु सुशासनविरुद्ध भएको भन्दै आलोचना गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖