• Friday 27th of November 2026

खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका भूषणले केबीसीमा जिते एक करोड


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ मंसिर । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लाको सामान्य गाउँबाट खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका २८ वर्षीय भूषण ठाकरेले चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) मा एक करोड भारतीय रुपैयाँ जितेका छन्।

भूमिहीन मजदुर परिवारमा हुर्किएका भूषणले आर्थिक अभावका बीच पढाइ पूरा गर्दै इतिहासमा स्नातकोत्तर गरेका छन्। अहिले उनी राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनसँगै भारतीय प्रशासनिक सेवा (यूपीएससी) परीक्षाको तयारी गरिरहेका छन्।

केबीसीमा सात करोड रुपैयाँको प्रश्नसम्म पुगेका उनले जोखिम नमोली एक करोड रुपैयाँ लिएर खेल छाडेका थिए। पछि आफूले अनुमान गरेको उत्तर सही भएको थाहा पाए पनि उक्त निर्णयमा पछुतो नभएको उनले बताएका छन्।

भूषणको पहिलो प्राथमिकता पढाइका लागि सुन बेच्ने आमालाई गहना किनिदिने र जीवनभर मजदुरी गरेका बुबालाई कामबाट विश्राम दिने रहेको छ। जितेको रकमबाट परिवारको आर्थिक अवस्था सुधार्नुका साथै राम्रो संस्थानमा यूपीएससी तयारी गर्ने उनको योजना छ।

२४ रुपैयाँ बोकेर मुम्बई पुगेका भूषण फर्किँदा एक करोड २४ लाख रुपैयाँ लिएर फर्किएको बताउँछन्। उनको संघर्ष र सफलताको कथा अहिले भारतमा चर्चामा छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖