काठमाडौ । काठमाडौँबाट हेटौडा जाने क्रममा एक गाडी दुर्घटना भएको छ।
राति १ बजे गाडी सडकबाट २०० मिटर तल खस्दा गाडीमा सवार २ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ। यस दुर्घटनामा अन्य १४ जना व्यक्तिहरू घाइते भएका छन्।
दुर्घटनाको कारण र थप जानकारीको लागि अनुसन्धान भइरहेको छ।
