• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा आज सून मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सून प्रतितोला ८ सय रूपैयाँले घटेको हो।

जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो।

बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार झै आज पनि चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖