• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

फेरी नेपाल आइन् विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभा, गण्डकी कोटिहोममा आजदेखि कथावाचन गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौ । विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन् ।

विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए ।

देवि प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समुह समेत रहेको बताइएको छ । उनले पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन् ।

त्यस्तै शितकृष्ण महाराज जी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाको कथावाचन समुद्घाटन कायृक्रमभमा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖