• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनवाट आणविक शक्ति


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ बैशाख । हामीले दिनहुँ खानाको स्वाद बढाउने नुन माथी चीनले भने इतिहास रचेको छ। 

 

चीनले संसारको पहिलो यस्तो थोरियम बनाएको छ, जसवाट चीनले आणविक रिएक्टर तयार गरेको छ। जसमा बिजुली मात्र उत्पादन भैरहेको छैन, अहिले चल्ने क्रममा नयाँ इन्धन पनि थपिएको छ । यो कारमा पेट्रोल भर्नु जस्तै हो, परमाणु प्रविधिमा यो पहिलो पटक यस्तो भएको हो।

यो रिएक्टर चीनको गोबी मरुभूमिको किनारमा रहेको क्षेत्रमा निर्माण गरिएको हो । यो सानो तर शक्तिशाली छ । जसले ४ मेगावाट थर्मल ऊर्जा उत्पादन गर्दछ। यसमा सामान्य न्यूक्लियर रिएक्टरजस्तै युरेनियम नभई थोरियम नामको विशेष रेडियोएक्टिभ धातु जलाइन्छ, जुन पृथ्वीमा प्रशस्त मात्रामा पाइन्छ र धेरै खतरनाक पनि हुँदैन्।

 

अब यो थोरियमलाई नुनमा मिसाउँदा एक विशेष प्रकारको घोल बन्छ, जसले इन्धन मात्र नभई चिसो प्रभाव पनि दिन्छ। र, चाखलाग्दो कुरा यो छ कि यो रिएक्टर उच्च तापक्रममा पनि धेरै चिसोमा काम गर्दछ अर्थात् विस्फोट वा पग्लने जोखिम कम हुन्छ।

 

थोरियम युरेनियम भन्दा धेरै सुरक्षित छ। यो धेरै मात्रामा उपलब्ध छ र यसबाट उत्पन्न परमाणु फोहोर पनि धेरै कम हुने गर्दछ। साथै, यसबाट निस्कने उप उत्पादनहरूलाई भने परमाणु हतियारमा रूपान्तरण गर्न सकिन्छ। यसको मतलब चीनले सुरक्षित रिएक्टर मात्र बनाएको छैन, अप्रत्यक्ष रूपमा आफ्नो परमाणु शक्ति पनि बढाउँदै गएको छ ।

 

केही विज्ञहरू भन्छन् कि भित्री मंगोलियामा थोरियम खानीहरूबाट अब चीनको हजारौं वर्षका लागि बिजुलीको आवश्यकता पूरा गर्न सक्छ र त्यो पनि धेरै प्रदूषण बिना। 

 

यो प्रविधि नयाँ कुरा होइन। अमेरिकाले सन् १९६० को दशकमा यसबारे अनुसन्धान गरेको थियो। पग्लिएको नुन रिएक्टर पनि बनाइयो तर त्यस पछि उनले त्यसलाई छोडेर युरेनियमको बाटो रोजेको थियो । 

 

चिनियाँ वैज्ञानिक सु होङजी भन्छन्, ‘अमेरिकाले छोडेका कागजात र अनुसन्धानलाइ हाम्रो टोलीले ध्यान दिएर अध्ययन गरयो, बुझ्यो र फेरि प्रयोगशालामा प्रयोग गर्न सुरु गर्यो। सन २०१८ मा चीनले यो रिएक्टर निर्माण गर्न थाल्यो र केही वर्ष भित्र टोली ४०० भन्दा बढी वैज्ञानिकहरुको साथ लिइएको थियो ।’ 

 

उनका अनुसार १७ जुन २०२४ मा चीनको यो रिएक्टरले पूर्ण शक्तिमा काम गर्न थालेको थियो । जसलाई अहिले सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖