• Monday 5th of October 2026

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजकाे छाँटकाट छैन्


  • धनकुटा खबर
  • .

हैदाराबाद, ६ बैशाख । पावर स्टार पवन कल्याणको बहुप्रतिक्षित फिल्म ‘हरि हर वीर मल्लु’ को रिलिज मितिमा बारम्बार ढिलाइले फ्यानहरुलाई निराश बनाएको छ ।

 

फिल्मको निर्माण पक्षले हालसम्म पटक पटक रिलिज मिति घोषणा गरिसकेका छन् तर हरेक पटक पछि सारिदै गरिएको छ ।

हालै सिनेकर्न डटकमले साे फिल्म रिलिजकाे आधिकारिक रिलिज मितिमा अद्यावधिक गरेकाे जनाएकाे छ । तर फिल्मको टाइमलाइन सेयर गरेपछि फ्यानहरुले निराशा व्यक्त गरेका छन् । फिल्म जनवरी २०२० मा घोषणा गरिएको थियो र त्यसपछि धेरै अपडेटहरू बाहिर आएका छन् तर रिलिज भने अझै भएकाे छैन् ।

खासमा प्रि लुक पोस्टर सेप्टेम्बर २०२० मा रिलीज गरिएको थियो, पहिलो झलक मार्च २०२१ मा र दोस्रो झलक सेप्टेम्बर २०२२ मा। पहिलो रिलिज मिति २०२२ काे नयाँ बर्षका लागि सेट गरिएको थियो, तर यसलाई ग्रीष्म २०२३ मा परिवर्तन गरिएको थियो।यसपछि, टिजर मे २०२४ मा रिलिज भयो र रिलिज मिति समर २०२४, त्यसपछि डिसेम्बर २०२४, मार्च २०२५ र अहिले ९ मे २०२५ मा बढाइएको थियो। फिल्मको पहिलो एकल १७ जनवरी २०२५ र दोस्रो एकल २४ फेब्रुअरी २०२५ मा रिलिज भएको थियो।

 

फ्यानहरूले सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोख्दै आफूहरू प्रतिक्षा गर्दा थकित भएको बताएका छन् । एक फ्यानले लेखे, “अब यो पर्खाइ धेरै भयो, कृपया फिल्म ओटीटीमा रिलिज गर्नुहोस्।”  र अर्काले कमेन्ट गरे, ‘यो फिल्म इन्टरमिडिएटको पहिलो वर्षदेखि नै रिलिज हुने भनिएको थियो, अहिले इन्जिनियरिङ पूरा गरेको छु, तर फिल्म अझै रिलिज भएको छैन् ।’ 

‘हरि हर वीर मल्लु’ एक ऐतिहासिक एक्शन फिल्म हो, जसमा पवन कल्याण मुख्य भूमिकामा छन् र बबी देओल, निधि अग्रवाल जस्ता कलाकारहरू पनि देखिने छन्। फ्यानहरू अब चाँही आशा गरिरहेका छन् कि फिल्म मे २०२५ मा रिलिज हुनेछ तर बारम्बार ढिलाइले उनीहरूको धैर्यताको परिक्षण गरेको छ।
 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖