• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बुटवलमा एक युवतीलाई किन हानियो गोली ?


  • धनकुटा खबर
  • .

रुपन्देही । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ ।

रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने बिष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

रानाले केही दिनअघि एकजना भारतीय एक युवकसँग विवाद भएकोले उनले गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖