• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पहलगाममा दुई नेपालीसहित २६ जनाको ज्यान लिने संदिग्ध आतङ्ककारीको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ – दुई नेपालीसहित २६ जनाको ज्यान लिने संदिग्ध आतङ्ककारीको पहिचान खुलेको छ । भारतीय सुरक्षा र गुप्तचर एजेन्सीहरूले पहलमा तीन जना संदिग्दहरुको पहिचानसहितको स्केच सार्वजनिक गरेको छ ।

जसमा आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको बताइएको छ । यस आक्रमणको मास्टरमाइन्ड लश्कर–ए–तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको गुप्तचर स्रोतहरूले बताएका छन् ।

यिनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको बताइएको छ । यस आक्रमणको मास्टरमाइन्ड लश्कर–ए–तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको गुप्तचर स्रोतहरूले बताएका छन् ।

हमलाको जिम्मा लश्कर–ए–तैयबाको प्रोक्सी शाखा, रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)ले लिएको छ । आक्रमणमा आफ्नो कुनै हात नभएको पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भनेका छन् ।

घटनाबारे छानबिन गर्न भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) पहलगाम पुगेको छ । मंगलबार दिउँसो पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो । यसमा अरू २० जनाभन्दा बढी घाइते भएका छन् । बायसरण उपत्यकामा ठुलो संख्यामा पर्यटकहरू उपस्थित भएका वेला यो आक्रमण भएको थियो । मृत्यु हुनेमा उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका पर्यटकहरू छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖