• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पाकिस्तानी मन्त्रीको भिडिओ सन्देश: आगामी २४–३६ घण्टाभित्र भारतले हामीविरुद्ध सैन्य आक्रमण गर्न सक्छ


  • धनकुटा खबर
  • .

पाकिस्तानले आगामी २४-३६ घण्टाभित्र भारतले आफूविरुद्ध सैन्य कारबाही गर्न सक्ने आशंका व्यक्त गरेको छ।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले आज बिहान आफ्नो एक्स अकाउन्टमा भिडिओ सन्देश जारी गरी यसबारे गुप्तचर जानकारी प्राप्त भएको दाबी गरेका हुन्।

भिडिओमा उनले भनेका छन्, ‘प्राप्त विश्वसनीय गुप्तचर जानकारीअनुसार भारतले पहलगाम घटनामा संलग्नताको आधारहीन र बनावटी आरोपको बहानामा आगामी २४-३६ घण्टाभित्र पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको छ।’

उनले अगाडि भनेका छन्, ‘पाकिस्तान आफैँ आतंकवादको सिकार भएको छ र यस संकटको पीडा साँच्चै बुझ्छ। हामीले सधैँ विश्वमा यसका सबै रूप र अभिव्यक्तिको आलोचना गरिरहेका छौँ।’

साथै उनले पाकिस्तानले भारतले गर्ने कुनै पनि सैन्य कारबाहीको निर्णायक जवाफ दिने चेतावनी पनि दिएका छन्।

यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पनि एक अन्तर्वार्तामा भारतले चाँडै आक्रमण गर्ने बताएका थिए।

अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला गरी २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच द्वन्द्व बढेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖